नेपाल । रास्वपाका सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ ।
आइतबार पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिनुभयो । उहाँले ७० वर्षअघि राजनीतिक रूपमा मिल्नुपर्ने व्यक्ति नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री साह र आफूबिच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उहाँको भनाइ छ ।
उहाँले आफूहरू नयाँ भएपनि बेवकुफ नभएको बताउनुभयो । उहाँले फरक प्रसँगमा बोल्दै सुकुमवासीको व्यवस्थापनका लागि सरकार लागि परेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पार्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्