नेपाल । नेपाल महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल नियुक्त हुनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार सभापति गगनकुमार थापाले अध्यक्षमा खरेललाई नियुक्त गर्दै १७ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गर्नुभएको हो ।
अध्यक्ष खरेलले फागुन १५ गतेभित्र संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर साउन १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टीसमक्ष पेस गर्ने जिम्मेवारी पाउनुभएको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेपालको संवैधानिक व्यवस्था र यसको मर्म अनुसार महिलाको प्रतिनिधित्व, अर्थपूर्ण सहभागिता र सशक्तीकरणका लागि नीति, योजना र कार्यक्रम तय गर्ने जिम्मेवारी दिइएको बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्