नेपाल । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतनिक वाणिज्यदूतलाई पदमुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहनुभएका प्रवक्ता पोरखेलले राष्ट्रपतिसमक्ष आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ः०० बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो । साथै सङ्घीय संसद्का सदस्यको उपस्थितिका लागि आह्वान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि सङ्घीय संसद्समक्ष पेस गर्ने निर्णय भएको छ ।
त्यसै गरी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धिको, १९४७ नम्बर ८१ पनि अनुमोदनका लागि संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्