२५ बैशाख २०८३, शुक्रबार

दाहाल र आङ्देम्बे प्रधानन्यायाधीश सिफारिसको विपक्षमा, नोट अफ डिसेन्ट लेखे

कोलोराडोखबर संवाददाता , May 8th, 2026

नेपाल । प्रधानन्यायाधीश सिफारिसमा राष्ट्रियसभाका अध्यक्ष एवं संवैधानिक परिषद्‍का सदस्य नारायण दाहाल र नेपाली कांग्रेस संसदीय दलका नेता परिषद्‍का सदस्य भीष्मराज आङ्देम्बे विपक्षमा उभिएका छन् ।

उनीहरू विपक्षमा रहे पनि बहुमतका आधारमा सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई सिफारिस गरिएको छ ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने परम्परा र विधि तोडेर उनी सिफारिस भएका हुन् ।

आफुहरूले सिफारिसमा नोट अफ डिसेन्ट लेखेको दाहालले बताए । शर्मा चौथो वरीयताका न्यायाधीश हुन् ।

प्रतिक्रिया दिनुहोस्