२१ बैशाख २०८३, सोमबार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

कोलोराडोखबर संवाददाता , May 4th, 2026

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् ।

उनले यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गर्नुपर्नाकै कारण देखाएर अध्यादेश पुनर्विचारका लागि फिर्ता गरेका हुन् । यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले आठवटामध्ये सातवटा अध्यादेश जारी गरेका छन् ।

उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्