नेपाल । नेपाली काँग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता चयन प्रक्रिया वैशाख ४ गतेका लागि तय गरेको छ। निर्वाचन समितिले वैशाख २ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ।
पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ले दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताएका छन् ।
दलको नेता चयन प्रक्रियासँगै पार्टीभित्र सहमति र प्रतिस्पर्धा दुवै सम्भावनालाई खुला राखिएको जनाइएको छ । सहमति कायम भए सर्वसम्मत रूपमा चयन हुने र नभए निर्वाचनमार्फत चयन हुने व्यवस्था गरिएको छ ।
संसदीय दलको नेता चयनका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यलगायत सांसदहरूले आकांक्षा देखाएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्