१७ चैत्र २०८२, मंगलवार

ओली र लेखकलाई रिहा गर्न सर्वोच्चद्वारा अश्वीकार

कोलोराडोखबर संवाददाता , March 31st, 2026

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले तत्काल रिहाइको माग अस्वीकार गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

यसअघि सोमबारनै सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा पनि यस्तै गरी कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्