१६ चैत्र २०८२, सोमबार

ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय

कोलोराडोखबर संवाददाता , March 30th, 2026

नेपाल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको हो।

‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ’‚ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। शिक्षामन्त्रीमा सस्मित पोखरेल आएपछि यस्तो निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस्