-आरसी रिजाल-
एकबर्ष जति भयो रमेशको दैलोमा एउटि कुकुर्नी बिहान बेलुकी उभिन आइपुग्छे। उसको श्रीमतीले– कठै बिचरी! आफ्ना छाउराछाउरीलाई खानेकुरा खोज्न आएकी होलि ठानेर एकदुई गोटा रोटी उसको अगाडी फालिदिन्थी । कुकुर्नी रोटी मुखमा च्यापेर हिँड्थी ।।
कुकुर्नीको व्यवहार देखेर रमेशलाई कौतुहल जाग्छ र एकदिन पछ्याउछ। झण्डै ३/४ किमि टाढा जंगलको छेउमा प्लास्टिकले छाएको छाप्रोभित्र कुकुर्नी घुस्छे। रमेशले छाप्रोमा चिहाएर हेर्छ। त्यहाँ जिगरिङ्ग कपाल फिजाएकी मैलो पहिरनकी दुब्ली बुढिमान्छे देख्छ।
मान्छे आएको चाल पाएर बुढियाले — को हुनुहुन्छ ? मेरा आँखाले धमिलो देख्छ। म अभागिनीको छोराछोरी जे भने पनि यहि कुकुर हो भनिन्। बुढी महिलाको स्वर सुनेर उसले पाहाडमा छँदै घरबाट खेदेको आमालाई चिन्यो। र मनमनै — यो लङ्गडी बुढिलाई अझैसम्म मैले नै पालेको रहेछु भनेर फर्क्यो ……।।।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्