१३ चैत्र २०८२, शुक्रबार

नेपालमा शुक्रबार बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्दै

कोलोराडोखबर संवाददाता , March 27th, 2026

नेपाल । नेपालमा शुक्रबार बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्दैछ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्