नेपाल । प्रतिनिधिसभामा निर्वाचित २४ सांसदले मातृभाषामा शपथ लिने भएका छन् ।
उनीहरुले चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको शपथमा आफ्नो भाषामा शपथ लिने जानकारी संसद सचिवालयलाई दिएका हुन् । संघीय संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेलाई ३ दिनअघि नै जानकारी गराउन सूचित गरेको थियो ।
चैत ११ गते ज्येष्ठ सदस्यको शपथ राष्ट्रपति कार्यालयमा भएपछि चैत १२ गते संसद भवनमा बाँकी सदस्यको शपथ हुँदा यी २४ जनाले मातृभाषामा शपथ लिने भएका छन् ।
मातृभाषामा शपथ लिने सांसदहरूः
१। तामाङ भाषा
परशुराम तामाङ
२। नेपाल भाषा (नेवारी)
अनुष्का श्रेष्ठ
कृष्णभक्त शाक्य
गंगालक्ष्मी अवाल
मदनकृष्ण श्रेष्ठ
रुकेश रञ्जित
विराजभक्त श्रेष्ठ
३। डोटेली भाषा
आकृति अवस्थी
दीपकराज बोहरा
हरिनादेवी कामी
४। मैथिली भाषा
उज्जवलकुमार झा
दीपककुमार साह
दीपककुमार साह
प्रमोदकुमार महतो
मातृका यादव
सीताराम साह
५। भोजपुरी भाषा
कन्हैया बनिया
६। थारु भाषा
गीता चौधरी
प्रमिलाकुमारी गच्छदार
७। राना थारु भाषा
कृपाराम राना
८। संस्कृत भाषा
खुश्बु ओली
९। मगही भाषा
जोगकुमार यादव
१०। अवधि भाषा
मोहम्मद इस्तियाक राई
११। वान्तावा भाषा
ध्रुवराज राई

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्