नेपाल । पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
शनिबार बेलुकी ६ बजेतिर माथागढी –४, झडेवाबाट वडा ७ रहबासस्थित चुनढुंगा खानीतर्फ गइरहेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी टिप्परमा सवार चालकसहित चार जना गम्भीर घाइते भएका थिए ।
घाइतेहरूलाई उपचारका लागि तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा ल्याएपछि तीन घाइतेलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।
गम्भीर घाइते तानसेन –१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यसअघि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्