नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका बारेमा तयार पारेको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, ‘यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’
चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।
उनले थप लेखेका छन्। ‘हामीले बुझ्नुपर्छ लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ । नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो । सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ । भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ । सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ ।’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्