१४ फाल्गुन २०८२, बिहीबार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

कोलोराडोखबर संवाददाता , February 25th, 2026

नेपाल । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।

निर्वाचन आयोगको पत्रबमोजिम प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन आयोगको काममा प्रभावित पार्नेगरी अफवाह सिर्जना गरेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्