८ फाल्गुन २०८२, शुक्रबार

निर्वाचन बिरोधी गतिविधि गर्ने ऋषि कट्टेल पक्राउ

कोलोराडोखबर संवाददाता , February 19th, 2026

नेपाल । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।

हालसम्म कट्टेलसँगै निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरिएको उनले बताएका छन् ।

नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचन विरोधी गतिविधि गरिरहेकाले प्रहरीले उनीहरूलाई निगरानीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्