नेपाल । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन् ।
मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् । नेपाली कांग्रेस जस्तोसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ ।
उनले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरूलाई सार्वजनिक बहस र संवादका लागि तयार हुन आग्रह पनि गरे।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्