नेपाल । सरकारले चालू आव २०८२/८३ को बजेटको आकार घटाएको छ ।
अर्थ मन्त्रालयले मंगलबार चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत कुल खर्च १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा सीमित हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।
यो रकम सुरु १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ मा विनियोजन गरिएको थियो ।
संशोधित अनुमानअनुसार चालू खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । यस्तै, पुँजीगत खर्च दुई खर्ब ४३ अर्ब ३० करोड ३४ लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब १९ अर्ब चार करोड ३९ लाख रुपैयाँ रहनेछ ।
सुरुको बजेटमा भने चालू खर्च ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्च चार खर्ब सात अर्ब ८८ करोड र वित्तीय व्यवस्था तीन खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्