२८ माघ २०८२, बुधबार

एक ढिक्का भएर निर्वाचनमा लाग्न काँग्रेस उपसभापति शर्माको नेता कार्यकर्तालाई आग्रह

कोलोराडोखबर संवाददाता , February 10th, 2026

नेपाल । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एक ढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

काँग्रेस चितवनले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कुरा प्रष्ट रूपमा राख्न अरूलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गरेका हुन् ।

उनले पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै देश बदल्ने संकल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्