२४ माघ २०८२, शनिबार

सुनको मूल्य घटेर प्रतितोला दुई लाख ९१ हजारमा कारोबार

कोलोराडोखबर संवाददाता , February 7th, 2026

नेपाल । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ७१० कायम भएको छ ।

बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्