नेपाल । नेपाली काँग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताएका छन् ।
थापाले निर्वाचन क्षेत्रभित्र भएका छलफल र अन्तरक्रियाबाट प्राप्त सुझाव, अपेक्षा र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । सर्लाहीवासीको आग्रह र समर्थनका आधारमा यहाँ उम्मेदवारी दिएको उल्लेख गर्दै उनले जनताको विश्वास र साथ प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।
मधेस प्रदेश अन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त रहेका सभापति थापाले बुधबार धनकौलमा आयोजित कार्यक्रममा सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा भएका भेटघाट तथा छलफलका क्रममा प्राप्त राय, सुझाव र अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सर्लाहीवासीको अनुरोधपछि यहाँ आएकाले माया पाउने विश्वास व्यक्त गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्