१३ माघ २०८२, मंगलवार

समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य शुरु

कोलोराडोखबर संवाददाता , January 27th, 2026

नेपाल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

केन्द्रले सोमबारबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गरेको उहाँले जानकारी दिनुभयो । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्