११ माघ २०८२, आईतवार

मुलुकलाई संकटबाट जोगाउन एमालेलाई आफ्नो पार्टीसँग एकता गर्न प्रचण्डको आह्वान

कोलोराडोखबर संवाददाता , January 25th, 2026

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई विद्यमान सङ्कटबाट जोगाउन नेकपा (एमाले) लाई आफ्नो पार्टीसँग एकता गर्न औपचारिक आह्वान गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय शक्ति निर्माणको महाअभियानमा सामेल हुन एमालेलाई अपिल गरेका हुन्। उनले राष्ट्रभन्दा ठूलो अरु केही नभएको उल्लेख गर्दै वामपन्थी र कम्युनिष्टहरूको एकताले मात्रै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न सक्ने दाबी गरे ।

संयोजक दाहालले मुलुकमा प्रतिक्रियावादीहरूको चलखेल बढ्दै गएको र त्यसलाई रोक्न सबै देशभक्त एवं लोकतन्त्रवादीहरू एकै मोर्चामा आउनुको विकल्प नभएको बताए । उनले आफ्नो पार्टी र माधवकुमार नेपाल नेतृत्वको शक्तिबीचको एकताले अब देशकै नम्बर एक पार्टी बन्ने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्