नेपाल । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्ने पक्षधरले बुधबार विशेष सभाको आयोजना गर्दैछ ।
काठमाडौँको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा दिउँसो १ बजे आयोजना हुने विशेष सभामा कांग्रेसका अग्रज नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विशेष महाधिवेशनका पक्षधरहरू महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले त यो निर्विकल्प भएकाले यसमा कुनै पनि अर्को सहमति हुन नसक्ने स्पष्ट पारिसकेका छन् ।
त्यस्तै गगन थापाले सोमबार मात्रै सामाजिक सञ्जालमार्फत जिज्ञासु कांग्रेस नेता तथा कार्यकर्ताको शंका निवारण गर्ने प्रयास गर्दै विशेष महाधिवेशनको विकल्प नभएकाले निर्धारित समयभित्रै विशेष महाधिवेशन हुने भन्दै तयारी थाल्न निर्देशनसमेत दिएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्