२९ कार्तिक २०८२, शनिबार

नेपाली कांग्रेसका सभापति देउवा दम्पत्ति सिङ्गापुरबाट स्वदेश फिर्ता

कोलोराडोखबर संवाददाता , November 15th, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका धर्मपत्नी डा आरजु राणा देउवा सिङ्गापुरमा थप उपचारपछि शुक्रबार साँझ स्वदेश फर्कनुभएको छ ।

उहाँहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशशरण महतलगायत नेताले स्वागत गर्नुभएको थियो ।

गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आफ्नै निवासमा घाइते हुनुभएका देउवा दम्पत्ति यही कात्तिक १० गते थप उपचारका लागि सिङ्गापुर जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्