२९ आश्विन २०८२, बुधबार

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुँदै

कोलोराडोखबर संवाददाता , October 15th, 2025

नेपाल । नेकपा (एमाले) १०औँ केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा तीन दिनसम्म बैठक चल्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने छ ।

एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने पनि गौतमले बताए ।

एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्