५ चैत्र २०८२, बिहीबार

काठमाडौँ बाहिरका प्रमुख १० वटा सहरका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

कोलोराडोखबर संवाददाता , September 23rd, 2025

नेपाल । सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

सोमबारनै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् । पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।

निर्णय अनुसार काठमाडौँ बाहिरका प्रमुख १० वटा सहरका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्