२९ बैशाख २०८२, सोमबार

६ जना डीआईजी एआईजीमा बढुवा शिफारिस

कोलोराडोखबर संवाददाता , April 18th, 2025

नेपाल । नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जना डिआइजीको बढुवा सिफारिस भएका छन । एआइजी बढुवा समितिले बुधवार रिक्त ६ पदका लागि ६ जनाको नाम सिफारिश गरेको हो ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनाअनुसार एआइजीमा एक नम्बरमा डिआइजी चन्द्रकुबेर खापुङ सिफारिस हुनुभएको छ ।

समितिको सूचनाअनुसार बरियताक्रममा खापुङपछि लालमणी आचार्य र कृष्णहरी शर्मा पोखरेल सिनियर ब्याचबाट बढुवा सिफारिस हुनुभएको छ । यस्तै प्रहरीको १११ को ब्याचबाट पहिलो नम्बरमा दानवहादुर कार्की, दोस्रोमा राजन अधिकारी र तेस्रोमा डा।. मनोज केसी बढुवा हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्