२२ फाल्गुन २०८२, शुक्रबार

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी विजयी

कोलोराडोखबर संवाददाता , March 31st, 2025

नेपाल । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन् ।

काठमाडौंको थापागाउँमा आइतबार राति अबेर सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी विजयी भएका हुन् ।

निर्वाचन समितिका प्रमुख गोविन्द आचार्यले गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा विजयी बनेका पुष्टि गरे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाए ।

महासचिवमा मनोज घर्तीमगर विजयी भएका छन् । घर्तीमगरले ३ सय ७९ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत प्राप्त गरे । त्यसैगरी उपमहासचिवमा ज्ञानप्रसाद पौडेल, सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशीमा अवतार राई र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भए ।

९९ सदस्यीय केन्द्रीय समिति र २९ सदस्यीय पदाधिकारीमध्ये अन्य पदमा भने निर्विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्