नेपाल । नेपालको राजधानी काठमाडौंमा शुक्रबार भएको आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख दोषी मानिएका दुर्गा प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् ।
सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् ।
राजसंस्था फर्काउने भन्दै दुर्गा प्रसाईको नेतृत्वमा गरिएको आन्दोलनलाई भड्काएको भन्दै धवल शम्सेर राण, रविन्द्र मिश्र र स्वागत नेपाललाई भने राति पक्राउ गरिएको छ । अर्का राजावादी नवराज सुवेदीलाई होम एरेस्ट गरिएको छ ।
उक्त घटनामा एक पत्रकारलाई आन्दोलनकारीले जलाएर मारेका छन् भने एकको प्रहरीको गोली लागेर मृत्यु भएको छ । राजावादीहरुले व्यक्रिगत सम्पत्तिमाथि आक्रमण गर्दै आगजनी र लुटपाट मच्चाएका थिए । भाटभटेनी कोटेश्वरमा लुटपाट मच्चाए, तीनकुनेमा व्यक्तिको घरमा आगो लगाए, कान्तिपुर टेलिभिजन र अन्नपूर्णपोष्टको कार्यालयमा आक्रमण गरे र नेकपा एसको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्