२० फाल्गुन २०८२, बुधबार

सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपाको ऐक्यबद्धता

कोलोराडोखबर संवाददाता , March 26th, 2025

नेपाल । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियत पूर्वक बर्खास्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्र सेवकलाई बक्यौता रकम उठाउन नदिने षडयन्त्र भएको बताए ।

भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको वर्तमान सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपा पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्