२० फाल्गुन २०८२, बुधबार

नेकपा एसका अध्यक्ष नेपाल एक साताका लागि म्यानमार प्रस्थान

कोलोराडोखबर संवाददाता , March 20th, 2025

नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल म्यानमार गएका छन् ।

म्यानमार न्यारेटिभ थिङ् ट्याङ्कको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड–२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर वर्ल्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आज त्यसतर्फ गएका हुन् ।

करिब एक साताको भ्रमण अवधिमा उनले त्यहाँका विभिन्न नेतासँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेसँगै पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्