काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टीका जनसङ्गठनहरूका केन्द्रीय कमिटीको आकार र पदाधिकारीको सङ्ख्या घटाउने निर्णय गरेको छ ।
एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बसेको केन्द्रीय सचिवालयको ४५औं बैठकले सो निर्णय गरेको हो । बैठकले दुईवटा केन्द्रीय विभाग सचिव पदपूर्ति गरेको छ भने सुदूरपश्चिम प्रदेश कमिटीमा सदस्यहरू मनोनयन गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालयको ४४औं बैठकयता विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभएको थियो । बैठकले जनसंगठनको पदाधिकारीको आकार ९ र केन्द्रीय समितिको संख्या १५१ र ९९ जना रहने निर्णय गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्