२० फाल्गुन २०८२, बुधबार

नेपाल हरेक हिसाबले पर्यटनको लागि सम्भावनाको क्षेत्रः शंकर पोखरेल

कोलोराडोखबर संवाददाता , March 2nd, 2025

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल हरेक हिसाबले पर्यटनको लागि सम्भावनाको क्षेत्रको रूपमा रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय होटेल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले पर्यटन क्षेत्र विस्तारको लागि होटेल क्षेत्रको विकास हुनु पर्ने बताउनुभयो ।

नेपालको समग्र अर्थतन्त्र नै औपचारिक भन्दा अनौपचारिक भएको पोखरेलले बताउनुभयो । यसको प्रभाव देशको समग्र विकासमा परेको उहाँको धारणा छ । नेपालमा अनौपचारिक अर्थतन्त्र बलियो भएको बताउँदै उहाँले त्यो देशको विकासका लागि घातक भएको पोखरेलले बताउनुभयो ।

अहिले नेपालको अर्थतन्त्रको आधार उत्पादन र उद्यम भन्दा पनि वैदेशिक रोजगारी भएको उहाँले बताउनुभयो । त्यो दिगो नभएर अस्थायी अर्थतन्त्र भएको उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्