खेलकुद आइएनसीले बोस्टनमा खुला बास्केटबल प्रतियोगिता गर्ने
सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको न्यू इङल्याण्डवासी प्रवासी नेपाली युवाहरुको सक्रियतामा गठित संस्था खेलकुद आइएनसीले बोस्टनमा खुला बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।
‘स्वास्थ्य, कल्याण, समुदाय र सामुहिक कार्य’ लाई आफ्नो मूल मन्त्र बनाएर संस्थागत उद्देश्य प्राप्तिका लागि सक्रिय भइरहेको यस संस्थाले, यही आउदो मार्च १७ तारिख आइतवारका दिन 47 Elm st. Everett, MA-02149 स्थित Everett Recreation Center मा उक्त बास्केटबल प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगिता गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए) म्यासाच्युसेट्स च्याप्टरसंगको समन्वयमा हुदैछ ।
शारीरिक तथा मानसिक वृति विकासमा टेवा पुर्याउने, समुदाय भित्र रहेका प्रतिभाहरुको खोजी गर्ने, प्रतिभा देखाउन चाहनेहरुलाई अवसर प्रदान गर्ने र आपसी एकतालाई थप मजबुत बनाउन सहयोगी भूमिका निर्वाह गर्ने प्रतियोगिताको मुख्य उ...









