३ आश्विन २०८१, बिहीबार

मैत्रीपूर्ण टी-२० खेलमा घरेलु टोली हङकङसँग नेपाल ७३ रनले पराजित

कोलोराडोखबर संवाददाता , March 10th, 2024

नेपाल । शनिबार सम्पन्न मैत्रीपूर्ण टी-२० आई खेलमा घरेलु टोली हङकङसँग नेपाल ७३ रनले पराजित भएको छ ।

हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा १३९ रनमा समेटियो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए । आरिफ शेख ३८ र कप्तान रोहित पौडेल ३० बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

११७ रनमा ३ विकेट गुमाएको नेपालले २२ रन जोड्दा थप ७ विकेट गुमाउन पुग्यो ।

यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्