९ असार २०८३, मंगलवार

खेलकुद

दोस्रो वार्म अप खेलमा बिहीबार नेपाल र अमेरिकाको खेल हुने

दोस्रो वार्म अप खेलमा बिहीबार नेपाल र अमेरिकाको खेल हुने

अमेरिका । बिहीबार राति नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसी टी-२० विश्वकपको दोस्रो वार्म अप खेलमा अमेरिकाविरुद्ध खेल्दैछ । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । यसअघिको पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा १ सय २० रनमा समेटिएको थियो । विश्वकप क्रिकेट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुादैछ। समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ । नेपालले समूह चरणको आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध जेठ ३० गते खेल्नेछ भने असार १ गते दक्षिण अफ्रिका र असार ३ गते बंगलादेशविरुद्ध समूह चरण...
जुन ६ मा नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने

जुन ६ मा नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने

नेपाल । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ । समूह एचमा रहेको नेपाल र युएईबीचको खेल जुन ६ (जेठ २४ गते) नेपालको घरेलु मैदान दशरथ रंगशालमा हुने तय थियो । तर एएफसीले दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएको भन्दै प्रश्न उठाएपछि नेपालमा हुनुपर्ने खेल अब साउदीमा सरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल र युएईबीचको खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा हुने जनाएको छ । खेल नेपाली समय अनुसार राती पौने १० बजे हुनेछ । समूह बी मा नेपालले अहिलेसम्म खेलेको सबै चारवटै खेलमा हार बेहोरेको छ । युएईपछि नेपालले समूहको अन्तिम खेल यमन विरुद्ध खेल्नेछ । ...
वार्मअप खेलमा नेपाल क्यानडासँग पराजीत, अमेरिकासँग दोस्रो खेल खेल्दै

वार्मअप खेलमा नेपाल क्यानडासँग पराजीत, अमेरिकासँग दोस्रो खेल खेल्दै

नेपाल । अमेरिकाको डलासमा सोमबार राति टी-२० विश्वकप अन्तर्गतको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजीत भएको छ । क्यानडाले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलामा मात्र १ सय २० रनमा समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे । अनिलकुमार शाहले २४, आसिफ शेखले २२ र कुशल भुर्तेलले १० रन बनाए । बलिङमा क्यानडाका डिलन हेलिगर सर्वाधिक ४ विकेट लिए । जेरेमी गोर्डन र साद विन जफरले २(२ विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । क्यानडाका निकोशल किर्तनले सर्वाधिक ५१ रन जोडेका थिए । बलिङमा नेपालका अभिनास बोहराले २, सागर ढकाल, करण केसी, गुल्सन झा, सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिएका थिए । नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ । टी–२० विश्वकप १ जुनदेखि २९ सम्म अमेरि...
कोलकाता नाइट राइडर्सले तेस्रो पटक जित्यो आईपीएलको उपाधि

कोलकाता नाइट राइडर्सले तेस्रो पटक जित्यो आईपीएलको उपाधि

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । उसले तेस्रो पटक आईपीएलको उपाधि जितेको हो । आइतबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो । हैदरावादले दिएको गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो । ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाए पनि त्यसपछि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । नारायण दोस्रो ओभरमा ६ रन जोड्दै क्याच आउट भए । गुर्बाज ३२ बलमा ३९ रन जोड्दै एलबीडब्लु आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा नटआउट रहे । कप्तान श्रेयस ऐर ६ रनमा नटआउट रहे । टस जितेर ...
नेपाली क्रिकेट टिमद्वारा दुबै अभ्यास खेलमा अमेरिकाको ह्युस्टन हरिकेन्स पराजीत

नेपाली क्रिकेट टिमद्वारा दुबै अभ्यास खेलमा अमेरिकाको ह्युस्टन हरिकेन्स पराजीत

टेक्सस (अमेरिका) । टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले ह्युस्टन हरिकेन्सलाई दोस्रो अभ्यास खेलमा पनि पराजीत गरेको छ । शनिबार आयोजित दोस्रो खेल जितेसँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप गरेको छ । ह्यूस्टन हुरीकेन्स अमेरिकाको माइनर लिग फ्रान्चाइज टिम हो । १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो । जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। इमरान खान जुनियर र लाहिरु मिलान्था १६–१६ रनमा आउट भए । नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एकरएक विकेट लिए । त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो । कप्तान रोहित पौडेलले ४० ...
आइतबार आईपीएलको फाइनलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने

आइतबार आईपीएलको फाइनलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने

नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन् । शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले कोलकातासँगको भेट पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । यी दुई टोलीबीचको फाइनल आइतबार चेन्नईमा हुनेछ । शुक्रबार राति हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनमात्रै बनाउन सक्यो ।...
एनआरएनए एनसीसी अमेरिका कपको पहिलो खेलमा नेपाली क्रिकेट टिम विजयी

एनआरएनए एनसीसी अमेरिका कपको पहिलो खेलमा नेपाली क्रिकेट टिम विजयी

अमेरिका (टेक्सस) । एनआरएनए अमेरिका कपको पहिलो खेलमा नेपाली क्रिकेट टिमले अमेरिकाको ह्यूस्टन हुरीकेन्सलाई ६ रनले पराजीत गरेको छ । ह्यूस्टन हुरीकेन्स अमेरिकाको माइनर लिग फ्रान्चाइज टिम हो । शुक्रबार राति प्रेरी भू क्रिकेट कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमात्रै बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार शाहलले ४७ रन, कप्तान रोहित पौडेलले २३ र गुलसन झाले २० रन बनाए । टी २० विश्वकप खेल्न अहिले अमेरिकामा रहेको नेपाली टिमको तयारीका लागि सहयोग गर्न २ खेलको सिरिज आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रायोजन एनआरएनए एनसीसी अमेरिकाले गरेको छ । नेपालले हुरीकेन्ससँग दोस्रो खेल शनिबार खेल्नेछ । नेपालले टी २० विश्वकपमा जेठ २२ गत...
सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउन सरकारले पहल गर्नु पर्छः क्यान

सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउन सरकारले पहल गर्नु पर्छः क्यान

नेपाल । टी-२० विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरे पछि यसबारेमा नेपाल क्रिकेट संघ (क्यान) ले सरकारका जिम्मेवार व्यक्तिहरुलाई जानकारी गराएको छ । सरकारले पहल गरी उक्त प्रतियोगितामा खेल्न जाने बाताबरण मिलाउनु पर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । बलात्कारको मुद्दामा जिल्ला अदालतबाट दोषी ठहरिउका लामिछानेले उच्च अदालत पाटनबाट केही दिनअघिमात्रै सफाई पाएका थिए । उक्त मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्ने बाटो खुले पनि बुधबार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो । क्रिकेटको अन्तराष्ट्रिय संस्था आईसीसीले भने लामिछानेलाई उक्त प्रतियोगिता खेल्न दिन स्वीकृति प्रदान गरेको थियो । आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी–२० विश्वकप खेल हुँदैछ । प्रतियोगिताको लाग यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीम...
राजस्थान रोयल्ससँग पराजित हुँदै आरसीबी बाहिरियो

राजस्थान रोयल्ससँग पराजित हुँदै आरसीबी बाहिरियो

नेपाल । भारतमा जारी आईपीएलमा बुधबारको खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुदै रोयल च्यालेनजर्स बैंग्लौर (आरसीबी) लिगबाट बाहिरिएको छ । आरसीबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। राजस्थानका लागि यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौका सहित सर्वाधिक ४० रन बनाए । यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे। सिमरन हेटमायरले २६ तथा टम कोहल(क्याडमोरले २० रन बनाए । टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो । आरसिबिका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे। क्यामरन ग्रीनले २७ रन बनाए। राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि शुक्रबार खेल्नेछ । यसअघि हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स फाइनल प्र...
सनराईजर्स हैदराबादलाई पराजीत गर्दै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश

सनराईजर्स हैदराबादलाई पराजीत गर्दै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश

नेपाल । भारतमा जारी आईपीएलको मंगलबारको खेलमा सनराईजर्स हैदराबाद माथि जीत निकाल्दै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जीत दर्ता गर्दै कोलकाता उपाधि नजिक पुगेको हो ।​ हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ दशलमव ४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टाएको हो । कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले । वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे । कोलकाता लागि मिचेल स्टार्कले ३ , वरुण चक्रवर्तीले २ विकेट लिए । वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १ विकेट लिए । दोस्रो क्वालिफायर शुक्रबार चेन्नईमा हुनेछ । फाइनल आगामी आइतबार चेन्नईमा नै हुने तालिका छ ।...