३ आश्विन २०८१, बिहीबार

त्रिपक्षीय टी-२० शृङ्खलामा नेपाल पराजीत, पीएनजीलाई उपाधि

कोलोराडोखबर संवाददाता , March 14th, 2024

नेपाल । हङकङमा जारी त्रिपक्षीय टी–२० शृङ्खलाको फाइनलमा नेपालको खराब ब्याटिङ हुँदा उपाधिविहीन बनेको छ ।

बुधबार सम्पन्न खेलमा १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाएर ८५ रनमात्रै बनायो र ८६ रनले पराजित हुन पुग्यो ।

उक्त खेलमा नेपाल, हङकङ र पपुवा न्यूगिनी (पीएनजी)बीचको खेलमा उपाधि भिडन्तमा पीएनजीले ८ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीनरतीन, करण केसी र गुल्शन झाले एक–एक विकेट लिए ।

नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो । मंगलबार दिउँसोको खेलमा हङकङलाई १० विकेटले हराउँदै पीएनजी पनि फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्