यूरो कपमा स्पेन र इङ्ल्यान्ड क्वाटर फाइनलमा
नेपाल । जर्मनीमा जारी यूरो कप अन्तरगत जर्जियाविरुद्ध जित दर्ता गर्दै स्पेनले क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४–१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे ।
पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो । १८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए ।
यसैगरी स्लोभाकियालाई हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जर्मनीको गेल्सेनकर्चेनमा भएको प्रि–क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गोल गरेर स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।
इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवात...


