अमेरिकामा जारी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाका कारण रद्द
अमेरिका । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग वर्षाका कारण रद्द भएका कारण एक अंक बाँडेको छ ।
टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा वर्षाका कारण बारम्बार खेल अवरुद्ध भएको थियो । टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ६ ओभरमा एक विकेट गुमाएर २६ रन जोडेपछि स्थगित भएको खेल फेरी सुरु हुन सकेन ।
शृंखलाअन्तर्गत स्कटल्यान्डसँग भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो । यो शृङ्खलामा नेपालले दुई हार र एक जितको नतिजा निकाल्यो । घरेलु टोलीसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।
१२ खेलबाट ६ अंक भएको नेपाल अंक तालिकाको सातौँ स्थानमा छ । आठौँ तथा अन्तिम स्थानमा रहेको युएईको ९ खेलबाट ४ अंक छ । १२ खेलपछि अमेरिका र क्यानडा दुवैको समान १६ अंक छ ।
११ खेल खेलेको स्कटल्यान्डको १४ अंक रहेको छ । नेदरल्यान्ड्सको ९ खेलबाट १२ र नामिबियाको १२ ख...









