युरो कपमा इङ्ल्यान्ड र नेदरल्याण्ड्स तथा फ्रान्स र स्पेनबीच सेमिफाइनल भिडन्त हुने
अमेरिका । जर्मनीमा जारी युरो कपमा इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।
डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५–४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको हो ।
निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । यता ८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो ।
यसैबीच, टर्कीविरुद्ध पुनरागमन जित निकाल नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २–१ को जित दर्ता गरेको हो ।
टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा ६...


