७ असार २०८३, आईतवार

खेलकुद

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मानित

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मानित

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मान गरिएको छ । रोट्रयाक क्लब अफ तिनाउ सिटी बुटवलले दशौँ पदस्थापन कार्यक्रमको अवसरमा शनिबार साँझ सोमपाललाई एक लाख रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । सम्मानपछि क्रिकेट खेलाडी सोमपालले यस प्रकारको सम्मानले खेलाडीलाई अझ मिहिनेत गर्न प्रेरित गर्ने बताउनुभयो । क्लबले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शक्ति गौचन, राष्ट्रिय खेलाडी कुशल मल्ल, सुशान्त भारी, कुशल भुर्तेल र करन केसीलाई सम्मान गरिसकेको छ । रोट्रयाक क्लब अफ तिनाउ सिटीका अध्यक्ष विमल ज्ञवालीले खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यले हरेक वर्ष एक जना खेलाडीलाई सम्मान गर्दै आएको बताउनुभयो । उहाँले खेलाडी सम्मान कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बताउनुभयो ।...
‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । विश्व फुटबल महासंघ (फिफा) को सहयोगमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम बिहीबारदेखि औपचारिक रूपमा शुभारम्भ भएको हो । दशरथ रङ्गशालामा आयोजित विशेष कार्यक्रमबिच प्रधानमन्त्री ओलीले विश्व फुटबल महासङ्घ (फिफा)को सहयोगमा प्राप्त करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण पनि गर्नुभयो । कार्यक्रमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो फुटबल रङ्गशाला निर्माण गरिने घोषणासमेत गर्नुभयो । ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमले फुटबललाई विद्यालय तहमा लैजान ठुलो भूमिका खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । फिफाले यस कार्यक्रमअन्तर्गत एन्फासँगको सहकार्यमा ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल उपलब्ध...
आइसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

आइसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

नेपाल । आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले बिहीबार छनोट खेल नेपालमा गर्ने निर्णय गरेको हो । आइसिसीले छनोटमा सहभागी टोली र समूह विभाजन पनि गरेको छ । ग्लोबल छनोट आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म नेपालमा हुनेछ । छनोट खेलमा १० टोलीबिच प्रतिस्पर्धा हुनेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष चारमा रहने टोली विश्वकपमा छनोट हुनेछन् । आइसिसीले छनोटको खेल तालिका भने केही समयमा सार्वजनिक गर्ने जनाएको छ । टी–२० महिला विश्वकप आगामी वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुनेछ । नेपालले एसिया छनोटबाट ग्लोबल छनोटमा स्थान बनाएको हो । एसियाबाट नेपाल र थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन् । अमेरिका क्षेत्रीय छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएको छ । बाँकी पाँच टोलीमा अफ्रिका...
महिला यु-२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

महिला यु-२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

नेपाल । भुटानमा भदौ २३ देखि २८ गतेसम्म आयोजना हुने एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । बिदाइपछि नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले नेपालको एउटै लक्ष्य छनोट भएको बताउनुभयो । ‘‘हामीले राम्रो तयारी गरेका छौँ । हाम्रो खेलाडीमा जस्तो सुकै टोलीलाई हराउने क्षमता छ । हालै बङ्गलादेशमा भएको साफ च्याम्पियनसिपमा खेलाडीले त्यो क्षमता देखाइसकेका छन्,’’ गुरुङले भन्नुभयो । प्रशिक्षक गुरुङले भुटानमा खेल्ने खेलाडी टोलीको यसअघिनै घोषणा गर्नुभएको छ । नेपाली २३ सदस्यीय अन्तिम टोलीमा बङ्गलादेशमा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी खेलाडीलाई समावेश गरिएको छ । टोलीमा एक खेलाडीमात्र परिवर्तन गरिएको छ । यसअघि टोलीमा रहनुभएकी रक्षक झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानलाई मौका दिइएको छ । साफमा नेपाली महिला टोली उपविजेता बनेको थियो । एसियन कप छनोट खेलमा ...
ब्राजिल महिला कोपा अमेरिकाको फाइनलमा प्रवेश

ब्राजिल महिला कोपा अमेरिकाको फाइनलमा प्रवेश

अमेरिका । ब्राजिल महिला कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । इक्वेडरको रोड्रिगो पाज डेल्गाडोमा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता ब्राजिलले उरुग्वेलाई ५–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो। नवौं संस्करणको महिला कोपामा ब्राजिलले ८ पटक उपाधि हात परेको छ । उसले सन् १९९१ देखि सुरु भएको कोपामा १९९८ बाहेक सबै प्रतियोगिताको विजेता हो । ब्राजिलको जितमा खेलको ११औँ मिनेटमा अमन्दा गुटरेले ११औँ मिनेटमा गोल गरिन् । त्यसको २ मिनेटपछि जियो गार्बेन्लीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । २७औँ मिनेटमा मार्टाले पेनाल्टीबाट गोल गर्दै ब्राजिल पहिलो हाफमै ३–० ले अगाडि रह्यो । ब्राजिलकी इशा हासले ५१औँ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दै उरुग्वेलाई एक गोल उपहार दिएकी थिइन् । खेलमा कमजोर देखिएको उरुग्वे ५८औँ मिनेटमा १० खेलाडीमा समेटियो । उरुग्वेकी यामिला मारियाना रातोकार्ड खाँदै बाहिरिन पुगिन् । ब्राजिलल...
प्रीति राई जोर्डनमा व्यावसायिक फुटबल खेल्दै

प्रीति राई जोर्डनमा व्यावसायिक फुटबल खेल्दै

नेपाल । नेपाली राष्ट्रिय महिला टोलीकी चर्चित मिडफिल्डर प्रीति राईले जोर्डनमा व्यावसायिक फुटबल खेल्ने मौका पाउनुभएको छ । प्रीतिलाई जोर्डनको अल इत्तिहाद क्लबले एएफसी च्याम्पियनसिप लिग २०२५–२०२६ को प्रारम्भिक चरणका खेल खेल्न अनुबन्ध गरेको हो । अल इत्तिहादबाट खेल्नका लागि प्रीति जोर्डन गई सक्नुभएको छ । घरेलु फुटबलमा विभागीय टोली एपिएफ क्लबाट खेल्दै आउनुभएकी प्रीतिले विदेशमा व्यावसायिक फुटबल खेल्न लागेको यो दोस्रो क्लब हो । उहाँले यसअघि भारतको किक स्टार्स फुटबल क्लबबाट इन्डियन वुमेन्स लिग खेलिसक्नुभएको छ । इत्तिहात क्लब जोर्डनको प्रो लिग खेल्ने टोली हो । यस क्लबले सन् २०२३ र २०२४ मा लगातार जोर्डनको लिग जितेको थियो ।...
अन्डर-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा

अन्डर-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा

नेपाल । भुटानको थिम्पुमा आयोजना हुने एएफसी अन्डर–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा भएको छ । एन्फाले बिर्सना चौधरीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । छनोट प्रतियोगितामा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्। समूह ‘ए’का खेलहरू साउन २१ देखि २६ गतेसम्म थिम्पुमा आयोजना हुने छन् । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हालै बंगलादेशमा सम्पन्न साफ अन्डर–२० महिला च्याम्पियनसिप खेल्ने टिममा समावेश लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै सजिना स्याङतानलाई टिममा सामेल गरेका छन् । सिंगल राउन्ड रोबिन फर्म्याटको यस प्रतियोगिताका ८ समूह विजेताले २०२६ मा थाइल्यान्डमा हुने एएफसी अन्डर–२० महिला एसियन कपमा स्थान बनाउने छन् । साथै तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको यात्रा तय गर्नेछन् । नेपालले छनो...
स्पेनलाई पराजीत गर्दै इङ्ल्यान्डले जित्यो महिला युरोपियन च्याम्पियनसिपको उपाधि

स्पेनलाई पराजीत गर्दै इङ्ल्यान्डले जित्यो महिला युरोपियन च्याम्पियनसिपको उपाधि

नेपाल । विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो। यता, इङ्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे । इङ्ल्यान्डकी एलेक्स ग्रिनवुड, निह चाल्र्स र क्लोइ केलीले गोल गरिन्। लिह विलियम्सन र बेथ मेडको प्रहार भने स्पेनकी गोलकिपरले विफल बनाएकी थिइन् । यता, स्पेनकी प्याट्रिसिया गुइराओले मात्रै गोल गरिन्। मारिओना काल्डेन्टी र आइतेना बोनमतीको प्रहारलाई इंग्लिस गोलकिपरले विफल बनाइन् । साल्मा पारउइलोको प्रहार भने बारमा लागेर बाहिरियो । त्यसअघि मारियओना काल्डेन्टीले खेलको २५औँ मिनेटमा हेडर गोल गर्दै स्पे...
एनपिएलको खेलाडी अक्सन साउन २४ गते हुने

एनपिएलको खेलाडी अक्सन साउन २४ गते हुने

नेपाल । दोस्रो सँस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी अक्सन यही साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ती जारी गर्दै एनपिएलको अक्सनको मिति उल्लेख गरेको हो । क्यानकाअनुसार असार २८ देखि साउन ६ गतेसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा चार सय ५८ खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम एनपिएलका आठवटै फ्रेन्चाइज टोलीलाई पठाइएको क्यानले जनाएको छ । एनपिएलमा सहभागी टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी खेलाडीको अन्तिम सूची केही दिनमा सार्वजनिक गरिने पनि क्यानले जनाएको छ । दोस्रो संस्करणको एनपिएल आगामी नोभेम्बर डिसेम्बर महिनामा हुनेछ ।...
सावित्रा भण्डारी (साम्बा) लाई जन्मथलो लमजुङमा भव्य सम्मान

सावित्रा भण्डारी (साम्बा) लाई जन्मथलो लमजुङमा भव्य सम्मान

नेपाल । नेपाल महिला राष्ट्रिय फुटबल टोलीको क्याप्टेन सावित्रा भण्डारी (साम्बा) लाई जन्मथलो लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भव्य सम्मान गरिएको छ । एक कार्यक्रमबिच बिहीबार लमजुङको मर्स्याङ्दी गाउँपालिकासहित विभिन्न संस्थाले साम्बालाई सम्मान गरेको हो । साम्बालाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँ, खेलकुद विकास समितिका अध्यक्ष खेम घलेले सयुक्त रूपमा सम्मानपत्रसहित खादामाला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अबसरमा साम्बाले गाउँपालिका अध्यक्ष गुरुङलाई आफ्नो नौ नम्बर जर्सी उपहार दिनुभएको थियो । मर्स्याङ्दी गाउँपालिका–९, पामचोकको सामान्य परिवारमा जन्मिएर फुटबल खेलमार्फत राष्ट्रलाई विश्वसामु र सार्क राष्ट्रबिच चिनाउँदै लमजुङ र मर्स्याङ्दी पालिकाको इज्जत र गौरव बढाएको भन्दै साम्बालाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ब...