२१ श्रावण २०८३, बिहीबार

खेलकुद

एन्फालाई एसियाली फुटबल महासंघले तिरायो १० हजार डलर जरिवाना

एन्फालाई एसियाली फुटबल महासंघले तिरायो १० हजार डलर जरिवाना

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपैयाँ) जरिवाना गरेको छ । एएफसीले एएफसी फुटसल कप–२०२६ को छनोटमा भाग नलिएपछि एन्फालाई यस्तो कारबाही गरेको हो । एन्फाले छनोट खेल हुनु साँढे तीन महिना अघिमात्र नाम फिर्ता लिएको थियो । एएफसीको अनुशासन र आचारसंहिता कमिटीको बैठकले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो । एन्फाले उक्त जरिवाना रकम ३० दिन भित्र बुझाउनु पर्नेछ । एएफसी जरिवानासँगै नेपाललाई यसै फुटसल प्रतियोगिताको अर्को संस्करणमा समेत भाग लिन नपाउने कारबाहीसमेत गरेको छ ।...
एसिया कप क्रिकेटमा बंगलादेशद्वारा अफगानिस्तान पराजित

एसिया कप क्रिकेटमा बंगलादेशद्वारा अफगानिस्तान पराजित

नेपाल । एसिया कप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ। अन्तिम ओभरसम्म निकै रोमाञ्चक बनेको खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो । बंगलादेशले टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको हो । यो जितसँगै बंगलादेशले शीर्ष ४ को सम्भावना कायमै राखेको छ। युनाइटेड अरब इमिरेट्स ९यूएई०को अबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। बंगलादेशले दिएको १५५ रनको विजयी लक्ष्य पछाएको अफगानिस्तान अन्तिम बलमा अन्तिम विकेट गुमाउँदै १४६ रनमा अलआउट भएको हो। अफगानिस्तानका लागि ओपनर ब्याटर हमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाए। अर्का ओपनर सेदीगुल्ला अटल भने डकआउट भएका थिए। अज्मतुल्ला ओमरजाईले ३० रन बनाउँदा कप्तान रसिद खानले २० रन बनाए। बंगलादेशका लागि बलिङतर्फ मुस्तफि...
एसिया कप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

एसिया कप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

नेपाल । पाकिस्तानले एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईमा जारी प्रतियोगितामा शुक्रबार राति भएको खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले हरायो । जितका लागि एक सय ६१ रनको लक्ष्इ पछ्याएको ओमान १६।४ ओभरमा सबै विकेटको क्षतिमा ६७ रनमा समेटिएको थियो । ओमानका लागि हम्माद मिर्जाले २७ रन बनाउनुभयो । अमिर कलिमले १३ र शकिल अहमेदले १० रन बनाउनुभयो । पाकिस्तानका लागि साइम अयुब, सफियान मुकिम र उसामा मिरले दुई दुई विकेट लिनुभयो । सहेन शाह अफ्रिदी, अबरर अहमेद र मोहमद नवाजले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हारिसले ६६ रन बनाउनुभयो । सहिबजादा फरहानले २९, फकहर जमनले २३ र मोहमद नवाजले १९ रन बनाउनुभयो । बलिङमा ओमानका आमिर कलीम र शाह फैसलले तीन तीन विकेट लिनुभयो । मोहमद नदिमले एक ...
एसिसी एसिया कप क्रिकेटमा भारतको सुखद सुरुवात

एसिसी एसिया कप क्रिकेटमा भारतको सुखद सुरुवात

नेपाल । साविक विजेता भारतले एसिसी एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार भएको खेलमा भारतले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई नौ विकेटले हरायो । जितका लागि ५८ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४।३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ३० रन बनाउनुभयो । शुभमन गिलले अविजित २० र कप्तान सूर्यकुमार यादवले अविजित सात रन बनाउनुभयो । बलिङमा युएईका जुनैद सिद्धिकीले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले १३।१ ओभरमा सबै विकेटको क्षतिमा ५७ रन बनाएको थियो । युएईका लागि ओपनर अलिशान सराफुले २२ रन बनाउनुभयो । कप्तान मोहम्मद वासिमले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युएईलाई सस्तैमा समेट्न बलिङमा भारतका कुलदीप यादवले चार विकेट लिनुभयो । शिवम दुबेले तीन, वरुण...
फिफा विश्वकप युरोपियन छनोटमा पोर्चुगल र फ्रान्सको जीत

फिफा विश्वकप युरोपियन छनोटमा पोर्चुगल र फ्रान्सको जीत

नेपाल । पोर्चुगल र फ्रान्सले फिफा विश्वकप युरोपियन छनोटमा जित निकालेका छन् । समूह ‘एफ’ मा लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले हङ्गेरीलाई ३–२ गोलले हरायो । यस्तै मङ्गरबार राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले आइसल्यान्डलाई २–१ गोलले पराजित गरेको छ । पोर्चुगललाई जिताउन बर्नार्डो सिल्भा, कप्तान क्रिस्टियानो रोनाल्डो र जोआओ कान्सेलोले गोल गर्नुभयो । हङ्गेरीका लागि दुवै गोल बर्नाबास वर्गाले गर्नुभयो । जितसँगै समूह ‘एफ’ को दुई खेलबाट ६ अङ्क बनाएको पोर्चुगल शीर्षस्थानमा छ । पराजित हङ्गेरी समान खेलबाट एक अङ्क जोड्दै तेस्रो स्थानमा छ । यस्तै फ्रान्सलाई पुनरागमन जित दिलाउन केलियन एमबाप्पे र ब्राडली बार्कोलाले गोल गर्नुभयो । आइसल्यान्डका एन्ड्री गुडजोनसेनको सुरुवाती गोल सान्त्वना बन्यो । लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अङ्क बनाएको फ्रान्स समूह ‘डी’ को शीर्षस्थानमा छ । पहिलो हार खेपको...
जेन-जी आन्दोलनका कारण मैत्रीपूर्ण खेल स्थगित भएसँगै बङ्गलादेशको टोली स्वदेश फर्कियो

जेन-जी आन्दोलनका कारण मैत्रीपूर्ण खेल स्थगित भएसँगै बङ्गलादेशको टोली स्वदेश फर्कियो

नेपाल । नेपाल र बङ्गलादेशबीच मङ्गलबारका लागि तय भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल जेन–जी आन्दोलनका कारण स्थगित भएसँगै बङ्गलादेश फुटबल टोली स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारनै सुरक्षाका कारण खेल स्थगित गरेको थियो । यसअघि दशरथ रङ्गशालामा शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।...
नेपाल एएफसी यु-२३ एसियन कप छनोटबाट बाहिरियो

नेपाल एएफसी यु-२३ एसियन कप छनोटबाट बाहिरियो

नेपाल । नेपाल एएफसी यु–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । ताजकिस्तानमा जारी छनोटको समूह ‘के’ मा लगातार दोस्रो हार खेपेसँगै नेपालको छनोट सम्भावना सकिएको हो । शनिबार राति भएको खेलमा नेपिा सिरियासँग ४-२ गोलले पराजित भयो । सिरियालाई जिताउन मोहम्मद अलमुस्ताफा, अली अलरिना, महमुद अलस्वद र महमुद नयिफले गोल गर्नुभएको थियो । नेपालका लागि निराजन धामी र सुमित श्रेष्ठले गोल गर्नुभयो । नेपाल समूहको पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४-० गोलले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल मङ्गलबार फिलिपिन्ससँग खेल्नेछ । सिङ्गल राउन्ड रोविन सलगका आधारमा खेलाइने खेलपछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपमा स्थान बनाउनेछ ।...
ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि केसीएससीलाई

ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि केसीएससीलाई

–हेम गिरी (डेनभर, कोलोराडो) । अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली भाषी भुटानी समुदायको सक्रिय संस्था ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (जीबीसीसी) ले सेप्टेम्बर ६ मा आयोजना गरेको वार्षिक पिकनिक तथा भलिबल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । कोलोराडोमा रहेका नेपाली भाषी भुटानी समुदायको एकता कायम राख्नुका साथै खेलकुदमार्फत सामाजिक सद्भाव र आपसी मेलमिलाप बढाउने उद्देश्यले आयोजित यो कार्यक्रममा स्थानीय नेपाली भाषी समुदायको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा पूल एमा लिबर्टी, एफसी, र ड्रुक्युल तथा पूल बीमा सीएनटी, केसीएससी, र युंग स्टारले भाग लिएका थिए। खेल तालिकाअनुसार पूल एमा लिबर्टी भर्सेस एफसी, एफसी भर्सेस ड्रुक्युल र लिबर्टी भर्सेस ड्रुक्युलबीच खेलहरू सम्पन्न भए । यस्तै, पूल बीमा सीएनटी भर्सेस केसीएससी, केसीएससी भर्सेस युंग स्टार,...
नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा

नेपाल । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्म खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए । मैत्रीपूर्ण खेलको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रेफ्रीलाई बल प्रदान गरी उद्घाटन गर्नुभएको थियो । यस खेल विश्व फुटबल महासंघ (फिफा) विन्डो अन्तर्गत आयोजना भएको हो । दुई टोलीबीचको दोस्रो खेल मङ्गलबार हुनेछ । ...
ताजकिस्तानसँग नेपाल ४-० गोलअन्तरले पराजित

ताजकिस्तानसँग नेपाल ४-० गोलअन्तरले पराजित

नेपाल । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक(एक गोल गरेका थिए । समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ ।...