२१ श्रावण २०८३, बिहीबार

खेलकुद

इङ्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी विजयी

इङ्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी विजयी

अमेरिका । इङ्लिस प्रिमियर लिगको शीर्ष टोली आर्सनल र म्यानचेस्टर सिटीले जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले फुलहामलाई १–० गोलले हरायो । पाहुना टोली आर्सनलको जितमा लियान्ड्रो ट्रोसार्डले ५८औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । जितसँगै आठ खेलबाट १९ अङ्क बनाएको आर्सनल शीर्षस्थनमा छ । पराजित फुलहम समान खेलबाट आठ अङ्क जोड्दै १४औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १६ अङ्क छ । शनिबार राति नै भएको खेलमा सिटीले एभर्टनलाई २–० गोलले हरायो । सिटीको जितमा दुवै गोल अर्लिङ हालान्डले गर्नुभयो । तेस्रो स्थानमा रहेको लिभरपुलको सात खेलबाट १५ अङ्क छ ।...
विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा

विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा

नेपाल । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। शनिबार नेपाल क्रिकेट संघ क्यानले युएईमा हुने शृंखलाका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । ट्वान्टी–२० राष्ट्रिय टोलीबाट तीन खेलाडी फेरिएका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा, लोकेश बम र मोहम्मद आदिल आलमलाई प्रतिस्थापन गर्दै अनिल शाह, भीम सार्की र साहब आलमलाई टोलीमा बोलाएका छन् । २६ अक्टोबर देखि सुरु हुने शृंखलामा नेपालले घरेलु टोलीसँगै अमेरिकासँग दुई लेग खेल्ने तालिका छ। शृंखला नोभेम्बर ६ सम्म चल्नेछ । लिग–२ को अंकतालिकामा नेपाल अहिले १२ खेलमा १६ अंक जोड्दै सातौं स्थानमा छ । समान खेलबाट मात्र ६ अंक जोडेको युएई पुछारमा रहँदा अमेरिका २० खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानमा छ । लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रह...
नेपालले जित्यो विश्वकप छनोटको उपाधि

नेपालले जित्यो विश्वकप छनोटको उपाधि

नेपाल । नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा शुक्रबार राति भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । नेपालले जितको लागि दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआ निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८७ रनमा समेटियो । उसका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए । नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रनको योगफल बनाएको थियो । नेपालको लागि आसिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ४१ बलमा सात चौका र चार छक्का प्रहा...
टी-२० विश्वकपमा छनौट नेपालसँग ओमान पराजित

टी-२० विश्वकपमा छनौट नेपालसँग ओमान पराजित

नेपाल । आइसीसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा बुधबार राति सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहि...
विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने

विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपाल । विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फ्रान्सको पेरिसमा अक्टोबर १७ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा एक पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा स्वनिम मानन्धरले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ । महिला ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सविना श्रेष्ठले चुनौती पेश गर्नुहुनेछ । खेलाडीसहित ६ सदस्सीय नेपाली टोली बुधबार फ्रान्स जानेछ । स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यो छनोटको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने विश्व कराते च्याम्पियनसिपमा छनोट हुनेछन् । विभिन्न १२ स्पर्धा समावेश छनोटमा पाँच सय ४९ खेलाडी सहभागी हुने छन् । नेपालबाट सानुमाया थिङले भने इजिप्टको...
विश्वकप छनोटः नेपालद्वारा कतार पराजित

विश्वकप छनोटः नेपालद्वारा कतार पराजित

नेपाल । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सोमबार राति भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव पाँच ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले पाँच विकेट लिए । त्यस्तै नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ...
नेपाल युएईविरुद्ध एक रनले विजयी

नेपाल युएईविरुद्ध एक रनले विजयी

नेपाल । नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित हात पारेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन मात्र बनाउन सक्यो । जितसँगै नेपालले विश्वकप छनोटको सम्भवना बलियो बनाएको छ । नेपालले सुपर सिक्समा चार अङ्क बनाएको छ । ओमानको पनि चार अङ्क छ । युएईले दुई अङ्क बनाउँदा कतार, जापान र सामोआ अङ्कबिहिन छन् । युएईका लागि अलिशान सरफुले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४० बलमा तीन चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै ध्रुव पराशरले ३२, ओपनर जोनाथन फिगीले १९ र जाहित अलीले ११ रन बनाउनुभयो । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरील...
नेपाल समूह विजेता बन्दै विश्वकप छनोटको सुपर सिक्समा

नेपाल समूह विजेता बन्दै विश्वकप छनोटको सुपर सिक्समा

नेपाल । नेपाल आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँदै दुई अंकका साथमा नेपाल सुपर सिक्समा प्रवेश गरेको हो । सुरुमा ब्याटिङ गरेको जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर भेट्टाएको हो । समूह ‘बी’को उपविजेता बन्दै जापानसमेत सुपर सिक्समा प्रवेश गरेको छ । नेपालका लागि आशिफ शेखले सर्वाधिक ३८ रन बनाउनुभयो । शेखले २१ बलको सामना गर्दा एक छौका र चार छक्का प्रहार गर्नुभयो । गुल्सन झाले २८ रन बनाउँदा कुशल भुर्तेलले २१ रनको योगदान गर्नुभयो । कप्तान रोहित पौडेलले १८ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १४ रन थप्नुभयो । जापानका लागि शोमा स्लेटरले दुई विकेट हात पार्दा रेओ साकुरानो थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकीले एक एक विकेट लिनुभयो । सुरुमा ब्...
मन्त्री घिसिङले गरे कीर्तिपुर क्रिकेट मैदानको अनुगमन, एपपिएल अगाडि नै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता

मन्त्री घिसिङले गरे कीर्तिपुर क्रिकेट मैदानको अनुगमन, एपपिएल अगाडि नै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गर्नुभएको छ । मन्त्री घिसिङ, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, आयोजना प्रमुख चक्रवर्ती कण्ठ सहितको टोलीले स्थलगत निरीक्षण गरी निर्माण व्यवसायी, नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलगायतसँग छलफल गरेको थियो । मन्त्री घिसिङले आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । रङ्शालाको गुरुयोजना वमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव नहुने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताउँदै उहाँले सरकार परिवर्तन हुँदैमा निर्माण प्रभावित नहुनेसमेत प्रष्ट पार्नु भयो । क्यानका सचिव पारस खड्काले हालको न...
नेपाल टी–२० विश्वकप छनोटको सुपर सिक्समा

नेपाल टी–२० विश्वकप छनोटको सुपर सिक्समा

नेपाल । नेपाल बिहीबार आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्समा स्थान बनाउन सफल भएको छ । नेपालले बुधबार राति कुवेतलाई ५८ रनले हराएर विश्वकप पुग्ने अभियानमा सकारात्मक सुरुवात गरेको थियो । समूह ‘बी’ अन्तर्गत नै जापानले कुवेतलाई पाँच विकेटले हराएपछि नेपाल सुपर सिक्समा पुगेको हो । कुवेत लगातार दोस्रो खेलमा पराजित भएपछि जापान पनि सुपर सिक्समा पुगेको छ । चालु छनोट प्रतियोगितामा नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिम सुपर सिक्समा पुग्ने प्रावधान रहेको छ । नेपालले अब शुक्रबार जापानसँग खेल्ने छ । सो खेल जित्ने टिमले दुई अंकका साथ सुपर सिक्समा खेल्ने छ ।...