इङ्ग्ल्यान्डका विकेटकिपर जोहन काठमान्डु गोर्खाजमा अनुबन्ध
नेपाल । इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नु हुने भएको छ ।
काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपीएल–२ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो ।
३७ वर्षे सिम्पसनले इङ्ग्ल्यान्डबाट ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसक्नुभएको छ । सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उहाँले यो सबै तीन खेल खेलेका थिए । लर्डसमा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा सिम्पसनले १७ रन बनाउनुका साथै ५ क्याच लिनुभएको थियो ।
सिम्पसनसँग इङ्ग्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढी रन बनाएको अनुभव छ । २२९ प्रथम श्रेणीका खेल्नुभएका उहाँले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाउनुभएको छ ।
काठमान्डु गोर्खाजले यसअघि नै इङ्ग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्र...






