टी-२० विश्वकपमा इटालीसँग नेपालको लज्जासपद हार
नेपाल । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो ।
लगातार दोस्रो हार खेपेसँगै नेपालको सुपर आठ सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै चार रनको हार खेपेको थियो ।
जितका लागि एक सय २४ रनको मध्यम लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमा विना विकेटको क्षति लक्ष्य पूरा गरेको हो । इटालीका लागि ओपनर दाजुभाईद्वय जस्टिन मोस्का र एन्थोनी मोस्काले एक सय २४ रनकै साझेदारी गर्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाउनुभयो । उहाँले २४ बलमा तीन चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै कप्तान र...







