२० श्रावण २०८३, बुधबार

खेलकुद

आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा च्याम्पियन बन्यो बङ्गलादेश

आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा च्याम्पियन बन्यो बङ्गलादेश

नेपाल । बङ्गलादेश अपराजित रहँदै आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा च्याम्पियन बनेको छ । सुपर सिक्स अन्तर्गत आइतबार भएको खेलमा बङ्गलादेशले नेदरल्यान्ड्सलाई सात विकेटले हरायो । बङ्गलादेश समूह चरणदेखि अपराजित रहँदै च्याम्पियन बनेको हो । बङ्गलादेश र नेदरल्यान्ड्स यसअघिनै विश्वकपमा छनोट भई सकेका थिए । जितका लागि नेदरल्यान्ड्सले दिएको एक सय तीन रनको लक्ष्य बङ्गलादेशले १६।४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । यसअसिघ पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय दुई रन बनाएको थियो । आइतबार नै भएको अर्को खेलमा आयरल्यान्डले थाइल्यान्डलाई हराउँदै विश्वकपमा स्थान बनाएको छ । थाइल्यान्ड छनोटबाट बाहिरिएको छ । यस्तै आइतबार नै भएको खेलमा अमेरिकालाई ४१ रनले हराउँदै स्कटल्यान्ड पनि विश्वकपमा छनोट भएको छ । १० टोलीको सहभागिता रहेको छनोट खेलबाट घरेलु टोली ने...
बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी-२० विश्वकपमा छनोट

बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी-२० विश्वकपमा छनोट

नेपाल । बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकपमा छनोट भएको छ । ग्लोबल छनोटअन्तर्गत मुलपानी मैदानमा बुधबार भएको सुपर सिक्स खेलमा बङ्गलादेशले थाइल्यान्डलाई ३९ रनले हरायो । यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई डिएसएल प्रणालीका आधारमा २१ रनले हराउँदै विश्वकपमा स्थान बनाएको हो । यस्तै अर्को खेलमा स्कटल्यान्डले आयरल्यान्डलाई ३९ रनले हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ । १० टोलीको सहभागिता रहेको छनोट खेलबाट घरेलु टोली नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सुपर सिक्सबाट चार टोली सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।...
टी-२० विश्वकप खेल्न लागेको नेपालले आफ्नो अन्तिम तयारी भारतमा गर्ने

टी-२० विश्वकप खेल्न लागेको नेपालले आफ्नो अन्तिम तयारी भारतमा गर्ने

नेपाल । तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेल्न लागेको नेपालले आफ्नो अन्तिम तयारी भारतमा गर्ने भएको छ । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाली टोली श्रीलङ्कामा केही अभ्यास खेलसहित तयारी गरेर अन्तिम तयारीका लागि भारत पुगेको छ । विश्वकप अघि नेपालले भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट–११ सँग तीन वटा टी–२० अभ्यास खेल खेल्ने छ । त्यसपछि नेपालले विश्वकपको समूह चरणको खेलअघि संयुक्त अरब इमिरेट्स (युएई) र क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने तालिका छ । नेपालले युएईसँग फेब्रुअरी ३ तारिख र क्यानडासँग ५ तारिख खेल्नेछ । उक्त खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुनेछ । त्यसपछि नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, ए...
साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल तेस्रो

साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल तेस्रो

नेपाल । नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ । थाइल्यान्डको नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४–१ गोलले हरायो । प्रतियोगिताको अन्तिम खेलमा भारतले पाकिस्तानलाई ४–१ गोलले हराएपछि नेपाल उपविजेता बन्नबाट चुक्यो । भारत उपविजेता बन्यो भने नेपाल गोलअन्तरका आधारमा तेस्रो भएको हो । च्याम्पियनसिपको उपाधि माल्दिभ्सले अपराजित रहँदै जितेको छ ।...
रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा

नेपाल । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियलले भिल्लारियललाई उसैको मैदानमा २–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । रियलको जितमा दुवै गोल स्टार स्ट्राइकर केलियन एमबाप्पेले गर्नुभयो । उहाँले ४७औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभएको थियो । जितसँगै रियलले २१ खेलबाट ५१ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाले ४९ अङ्क छ । पराजित भिल्लारियल ४१ अङ्कसहित चौथो स्थानमा छ ।...
विवादले भारतको ओलम्पिक सपना प्रभावित

विवादले भारतको ओलम्पिक सपना प्रभावित

अमेरिका । आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी खेल आयोजकका रूपमा भारतको साख बलियो बनाउने र दीर्घकालीन ओलम्पिक महत्वाकांक्षालाई सहयोग गर्ने अपेक्षा गरिएको थियो । तर बङ्गलादेशसँगको कूटनीतिक विवाद, सुरक्षा बहस र राजनीतिक हस्तक्षेपका आरोपले प्रतियोगिताको तयारीलाई गम्भीर रूपमा प्रभावित बनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सुरक्षा चिन्ताका आधारमा आफ्ना खेल भारतबाट सह(आयोजक श्रीलङ्कामा सार्ने बङ्गलादेशको अनुरोध अस्वीकार गरेपछि प्रतियोगिता सुरु हुन दुई हप्ता मात्र बाँकी रहँदा बङ्गलादेश प्रभावकारी रूपमा बाहिरिन बाध्य भएको छ । बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले ‘हाम्रो माग विश्वकप खेल्नु हो, तर भारतमा होइन’ भन्दै स्थल परिवर्तन नभए टोली सहभागी नहुने स्पष्ट पार्नु भएको छ । भारत सन् २०३० को राष्ट्रमण्डल खेल अहमदाबादमा आयोजना गर्ने तयारीम...
च्याम्पियन्स लिगमा बायर्न म्युनिक र लिभरपुल विजयी

च्याम्पियन्स लिगमा बायर्न म्युनिक र लिभरपुल विजयी

नेपाल । बायर्न म्युनिक र लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा जित निकालेका छन् । बुधबार राति भएको खेलमा बायर्नले युनियन सेन्ट गिलोसमाथि २–० गोलको जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । बायर्न म्युनिकको जितमा दुवै गोल ह्यारी केनले गर्नुभयो । जितसँगै १८ अङ्क बनाएको बायर्न म्युनिक दोस्रो स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा लिभरपुलले मार्सेलीलाई ३–० गोलले हरायो । लिभरपुलको जितमा डोमिनिक सबोसलाई र कोडी गाक्पोले गोल गर्नुभयो । लिभरपुलले अर्को गोल विपक्षीबाट आत्मघाती उपहार पायो । यस जितसँगै १५ अङ्क बनाएको लिभरपुल चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनललको २१ अङ्क छ । बुधबार राति नै भएको अन्य खेलमा चेल्सीले पाफोसलाई १–०, न्युकासल युनाइटेडले पिएसभी आयनहोभनलाई ३–०, बार्सिलोनाले स्लाभिया प्रागलाई ४–२, युभेन्ट्सले बेनफिकालाई २–०, एथलेटिको बिलबाओले एटलान्टालाई ३–२ र कोराबागले फ्र्यान्कफर...
एन्फाको माघ २८ गते झापामा हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित

एन्फाको माघ २८ गते झापामा हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापामा हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरेको हो । एन्फा निर्वाचन समितिको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम स्थगित गरिएको उल्लेख गरेको छ । यसअघि उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धि प्रक्रिया यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशको म्याद सूचना माघ ६ मा निर्वाचन समितिलाई प्राप्त भएकोले माघ गते देखिका निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पनि निर्वाचन समितिले जनाएको छ । उच्च अदालतले निवेदक २०७९ असार ६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिका सदस्य भएको र चार वर्षे कार्यकाल अझै बाँकी रहेको प्रारम्भिक रूपमा देखिएको उल्लेख गरेको थियो । अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म निर्वाचनसम्बन्धी कुनै काम ...
अभ्यास खेलमा नेपाल श्रीलंका ‘ए’ सँग पराजित

अभ्यास खेलमा नेपाल श्रीलंका ‘ए’ सँग पराजित

नेपाल । आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ । घरेलु टोली श्रीलङ्कासँग नेपाल मङ्गलबार ६ विकेटले पराजित भएको हो । जितका लागि एक सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । श्रीलङ्काका लागि लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाउनु भयो । यस्तै नुवानिदु फर्नान्डोले ३८ र सहान अराकिगेले अविजित ३३ रन जोड्नु भयो । बलिङमा नेपालका सोमपाल कामीले तीन तथा ललित राजवंशीले एक विकेट लिनु भयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाउनु भयो । यस्तै आरिफ शेखले ४२ र कप्तान रोहित पौडेलले ३१ रन बनाउनु भयो । नेपालले दोस्रो अभ्यास खेल बिहीबार खेल्ने छ ।...
सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

नेपाल । अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ । रबातमा आइतबार राति भएको खेलमा मोरोक्कोलाई १–० गोलले हराउँदै सेनेगल च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा सेनेगलले बाजी मारेको हो । अतिरिक्त समयको चौथो मिनेटमा पापे गुएयेले गोल गर्दै टोलीलाई उपाधि दिलाउनुभयो ।...