वाल्टिमोर । गैर आवासीय नेपाली संघ, अमेरिका मेरिल्याण्ड राज्य समितिको आयोजनामा एनआरएनए एमडी कप टि टेन क्रिकेट प्रतियोगिता हुने भएको छ । समितिले यही मे को २३ र २४ मा प्रतियोगिता गर्न लागेको च्याप्टर अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए ।
१२ टिमको प्रतियोगिता सहभागिता रहने र विजयी टिमलाई ८ हजार र उप विजयी टिमलाई ४ हजार डलरको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा मेरिल्याण्ड, ओहायो,भर्जिनिया, पेन्सेलभेनिया र म्यासाच्युट्स र न्यूयोर्क राज्यका गरी हिमालयन स्ट्राइकर, एभरेष्ट लायन्स क्रिकेट,तेरापिन स्मासर,बोस्टन अल स्टार, वाल्टिमोर एथलेटिको क्लब, ड्रुक रिविल्स,फारवेष्र्टन युनाईटेड क्लब, साथी वाल्टिमोर,ह्यारिसवर्ग किंग्स, हिमालयन किंग्स, नोभा रोयल र रि युनियन क्रिकेट क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागि हुन दर्ता शुल्क १ हजार राखिएको छ ।
क्रिकेट प्रतियोगिता मार्फत युवाहरुलाई खेल र खेलकुदमार्फत गैर आवासीय नेपाली संघको अभियानमा उनीहरुलाई जोड्न सघाउ पुग्ने विश्वास च्याप्टर अध्यक्ष भट्टराईले व्यक्त गरे । उनले प्रतियोगितामा सहभागी सबै खेलाडीहरुले एनआरएनए लोगो अंकित जर्सी लगाउने त्यसले पनि एनआरएनए सँग उनीहरुलाई जोड्न सघाउ पुग्ने बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्