१३ भाद्र २०८३, शनिबार

राजनीति/समाज

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२२७ जनाले गरे मतदान

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२२७ जनाले गरे मतदान

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहीबार बिहान मतदान सम्पन्न भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा २२६३ प्रतिनिधि मतदाता थिए । उहाँले मतगणना अहिले बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो । एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो । केपी ओली र इश्वर पोखरेल प्यानलसहित चुनाबी मैदानमा छन् ।...
जाँचबुझ आयोगले अर्को हप्ता ओली र लेखकसँग बयान लिने

जाँचबुझ आयोगले अर्को हप्ता ओली र लेखकसँग बयान लिने

नेपाल । जेनजी आन्दोलन जाँचबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी गरेको छ । बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरूसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो । प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको बताए । अन्तरिम सरकारले जेन–जी आन्दोलनको क्रममा ठुलो धनजनको क्षति भएको भन्दै अनुसन्धानगरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित कार्की नेतृत्वको सो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।...
कांग्रेसले सबै जिल्लामा क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता फाराम पठाउँदै

कांग्रेसले सबै जिल्लामा क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता फाराम पठाउँदै

नेपाल । नेपाली कांग्रेसले क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता वितरण फाराम पठाउने भएको छ । कांग्रेस महामन्त्री एवं क्रियाशील सदस्य व्यवस्थापन समितिका संयोजक गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको बैठकले क्रमसङ्ख्या राखेर फाराम पठाउने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय सदस्य एवं समितिका सदस्य प्रकाश स्नेही रसाइलीले नयाँ क्रियाशील सदस्यताको फाराम छापिसकिएकाले बुधबार सबै जिल्लामा पठाइने बताउनुभयो । उहाँका अनुसार झन्डै चार लाख क्रियाशील सदस्यता फाराम ७७ वटै जिल्लामा पठाइने छ । नेता रसाइलीले फाराम भरेर आएका क्रियाशील सदस्यको तथ्याङ्क प्रविष्टि (डाटा इन्ट्री) भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली जनसम्पर्क समिति रहेको ३७ वटा देशमा पनि सदस्यता वितरण र तथ्याङ्क प्रविष्टि भइसकेको छ । ...
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुँदै

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुँदै

नेपाल । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत बुधबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार साँझ मतदान सुरु गर्न खोजिएको थियो । तरप्राविधिक समस्याका कारण मतदान समय बुधबार बिहान ८ बजेका लागि तोकिएको छ । एमालेको अध्यक्षको लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका छन् । उनीहरू दुवै जना प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीले महासचिवमा शंखर पोखरेललाई तथा पोखरेलले सुरेन्द्र पाण्डेलाई अगाडि सारेका छन् । नयाँ नेतृत्व चयनका लागि २ हजार भन्दा बढीले मतदान गर्ने छन् । एमालेले विद्युतीय मतदानको अभ्यास शुरु गरेको हो ।...
चुनाव प्रचारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव

चुनाव प्रचारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव

नेपाल । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने छन् । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो । आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई तीन–चार फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजा...
प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

नेपाल । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ। आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय र पाँचवटा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ। ...
एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मतदान हुने, केपी र इश्वर मैदानमा

एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मतदान हुने, केपी र इश्वर मैदानमा

नेपाल । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन मंगलबार अपरान्ह ४ बजेपछि मात्रै शुरु हुने भएको छ । केपी ओली र इश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अन्य पदमा पनि दुबै पक्षले प्यानल बनाएका छन् । अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ । निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिँदा निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ । यसैले दिउँसो १ बजेदेखि भनिएको मतदान ४ बजेपछि शुरु हुने भएको छ । महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिनबाट मतदान प्रक्रिया सञ्चालन गरिने र प्रत्येक मतदाताले भोट हाल्न करिब ३५–४० मिनेट लाग्ने छ । ...
विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपाल । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख रहेका बेला गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले आइतबार चालिसेविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनी विघटित प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापतिसमेत थिए । उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो कायम गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। चालिसे २०७४ सालदेखि २०७९ सालसम्म पाँच वर्ष मेयर पदमा रहँदा उनी र उनका सगोलमा रहेका परिवारका सदस्यहरूको समेत वैधानिक आय ४ करोड ८८ लाख ३५ हजार ८ सय ३३ रुपैयाँ मात्र रहेको अख्तियारले जनाएको छ । तर सोही अवधिमा ८ करोड ५६ लाख ८३ हजार ५ सय ९५ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको भन्...
एमालेको महाधिवेशन अन्तरगत सोमबार उम्मेद्वारी मनोनयन

एमालेको महाधिवेशन अन्तरगत सोमबार उम्मेद्वारी मनोनयन

नेपाल । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ । आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानविन बिहान १० बजेसम्ममा सकिने । १०ः१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । आयोगले बिहान ९ बजेदेखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’’ आयोगका प्रमुख डा. विजय सुब्बा भन्नुहुन्छ, ‘‘उम्मेद्वारी दर्ता बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्ममा सकिनेछ ।’’ उम्मेद...
चुनावी खर्च पारदर्शी बनाउने निर्वाचन आयोगको प्रस्ताव

चुनावी खर्च पारदर्शी बनाउने निर्वाचन आयोगको प्रस्ताव

नेपाल । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो । निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेद्वारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्लेख गरेको छ । उम्मेद्वारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । यस्तै निर्वाचन खर्चसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने ज्म्मिेवार पदाधिकारी तोक्नुपर्नेछ...