२१ बैशाख २०८३, सोमबार

राजनीति/समाज

व्यापार, लगानी र पर्यटनमा सहकार्य बढाउने नेपाल र भियतनामबीच सहमति

व्यापार, लगानी र पर्यटनमा सहकार्य बढाउने नेपाल र भियतनामबीच सहमति

नेपाल । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच आइतबार बिहान काठमाडौंमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । होटल याक एन्ड यतिमा भएको भेटवार्तामा दुवै पक्षले व्यापार, लगानी, जलविद्युत, पर्यटन, र सांस्कृतिक सहकार्य लगायतका विषयमा छलफल गरेका छन् । बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले जानकारी दिएअनुसार, दुवै देशले मित्रता र सद्भावनामा आधारित सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।...
भियतनामका उपराष्ट्रपति तीनदिने औपचारिक भ्रमणका क्रममा नेपालमा

भियतनामका उपराष्ट्रपति तीनदिने औपचारिक भ्रमणका क्रममा नेपालमा

नेपाल । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरे । त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए । उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेका थिए । भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उहाँका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार...
भारत र चीनबीच भएको पछिल्लो सहमतिप्रति गगन थापाको आपत्ति

भारत र चीनबीच भएको पछिल्लो सहमतिप्रति गगन थापाको आपत्ति

नेपाल । नेपाली कांग्रेसले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिप्रति असहमति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले दुई छिमेकी देशबीच भएको यो सहमति आपत्तिजनक र अस्वीकार्य भएको बताए । उनले यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।
वर्तमान नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता

वर्तमान नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता

नेपाल । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता औंल्याउँदै विचारकै पुनःसंरचनाको खाँचो रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पुस्तक ‘एन्टिथेसिस’ दोस्रो संस्करणको प्रकाशन सन्दर्भमा आयोजना गरिएको बहस कार्यक्रममा बोल्दै भट्टराईले देशमा विचारको विकास हुन नसकेको बताउँदै नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताए । ...
लिपुलेकबाट व्यापार गर्ने भारत र चीनबीचको सम्झौतालाई अस्वीकार गरौंः नेपाल

लिपुलेकबाट व्यापार गर्ने भारत र चीनबीचको सम्झौतालाई अस्वीकार गरौंः नेपाल

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लिपुलेकबाट सीमापार व्यापार गर्नेबारे भारत र चीनबीच भएको द्विपक्षीय सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले दुई देशबीच हालै सम्पन्न सम्झौताले नेपाली भूमिमाथिको अतिक्रमण तथा देशको स्वतन्त्रतामाथि छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य नहुने बताए । मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि थिचोमिचो भएकाले उक्त कार्यविरुद्ध सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले समस्या समाधानका लागि सरकारले दुवै छिमेकीहरूसँग कूटनीतिक तहमा वार्ता गर्नुपर्ने उल्लेख गरे । ...
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रास्वपाका नेता पक्राउ, पार्टीले गर्यो निलम्बन

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रास्वपाका नेता पक्राउ, पार्टीले गर्यो निलम्बन

नेपाल । रास्वपाका नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका ५ पदमपुरका हरिप्रसाद कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको छ । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीले जानकारी दिए । रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको थियो । उनको साथमा नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्री समेत फेला परेको...
१६०औं मोती जयन्ती मनाइँदै

१६०औं मोती जयन्ती मनाइँदै

नेपाल । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती देश विदेशमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याउनुभएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत् नेपालमा पत्रकारितको सुरुआत् भएको हो । ...
देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँसी मनाइँदै

देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँसी मनाइँदै

नेपाल । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व शनिबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एव...
७ वटा अदालतले अभियुक्त बनाएर छाड्न नमानेको व्यक्तिको पछि नलागौंः गगन थापा

७ वटा अदालतले अभियुक्त बनाएर छाड्न नमानेको व्यक्तिको पछि नलागौंः गगन थापा

नेपाल । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसमा महामन्त्री, सांसद गगन थापाले सहकारी ठगीको रकम पीडितले फिर्ता पाउनु पर्ने बताउनुभएको छ । थापाले विभिन्न प्रतिवेदको सुझाव अनुसार एकजनाले पनि रकम फिर्ता नपाएका बताउनुभयो । पीडितलाई न्याय दिनुको सट्टा एउटा अभियुक्तको पछाडि देश दौडिएको बताउनुभयो । आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा आउनु स्वाभाविक भएको बताउँदै उहाँले तर ७ वटा अदालतले अभियुक्त बनाएर छाड्न नमानेको मानिसलाई भेट्न पूर्वप्रधानमन्त्रीहरूको दौडधुप भएको प्रति उहाँले आपत्ति जनाउनुभयो । उहाँको भनाई सरकारी ठगीमा जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित थियो ।...
वर्तमान सरकारले सुशासन प्रवर्द्धन गर्न सकेनः पूर्वराष्ट्रपति भण्डारी

वर्तमान सरकारले सुशासन प्रवर्द्धन गर्न सकेनः पूर्वराष्ट्रपति भण्डारी

नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका राजनीतिक दलहरूभित्र विकृति र विसंगतिहरू फस्टाउँदै गएको आरोप लगाएकी छन् । उनले सरकारले सुशासन प्रवर्द्धन गर्न नसकेको र राजनीतिक दलहरू प्रणालीअनुसार अघि बढ्न नसकेको पनि बताएकी छन्। बिहीबार काठमाडौंमा मदन भण्डारी फाउन्डेशनको कार्यालय उद्घाटनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संसदीय अभ्यासलाई नै ‘निरिह थलो’ को संज्ञा दिइन् । उनले देशका लागि आवश्यक कानुनहरू बनाउन ध्यानपूर्वक अध्ययन नै नभएको र ठूला दलहरूले संविधानमा प्रश्न उठाएर संशोधनको सहमति गरे पनि त्यसका लागि आवश्यक छलफल हुन नसकेको बताइन् । ...