एकपटक जिताएर मकवानपुरको सेवा गर्ने मौका दिनुहोस्ः डिना उपाध्याय
नेपाल (हेटौंडा) । नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्यायले चुनाव हार्दा पनि मकवानपुरको विकासमा निरन्तर लागिपरेको बताउँदै यो पटक जितेर सेवा गर्ने मौका दिन अनुरोध गरेकी छिन् ।
सोमबार कांग्रेस हेटौंडा ८ नम्बर वडा समितिले आयोजना गरेको कृयाशील सदस्यसँगको छलफलका डिनाले यस्तो बताएकी हुन् । ‘मलाई सांसद् मात्रै बन्नका लागि धेरै विकल्पहरु थिए । यो पटक पनि राष्ट्रियसभा सदस्य बन्नका लागि भनिएको थियो’, उनले भनिन्, ‘म यो पटक कुनै हालतमा जनताबाट अनुमोदन भएर आउँछु भन्ने दृढ विश्वासका साथ अन्तिम पटक प्रतिस्पर्धा गर्न आएको हुँ ।’ बद्लिएको कांग्रेसले मुलुक बनाउने अभियानका साथ देशभरको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उनको दावी थियो ।
कांग्रेसका सभापतिसहित पदाधिकारी, मकवानपुर जिल्लाका नेताहरु र आम मतदाताले समेत यो पटक चुनावी प्रतिस्प...









